२०८३ जेष्ठ १७ गते , आईतबार

भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनु पर्छ : प्रचण्ड

sajilo news
पार्थ मण्डल
२०८१ पौष १५ गते , सोमबार
भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनु पर्छ : प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पलाल दाहाल (प्रचण्ड)ले भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनु पर्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सङ्घीय लोकतान्त्रिक र गणतन्त्र नै मुख्य राजनीतिक व्यवस्था हो भने शासकीय स्वरूप निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भए मात्र मुलुकमा स्थिरता र सुशासन कायम रहन सक्नेमा जोड दिएका हुन् । 

प्रचण्डले भने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भए लगतै भ्रष्टाचार र बेतिथिको मुहान पुरिन सक्छ । किनकि राष्ट्रपतिको चुनाव जित्नलाई पैसा खर्च गरेर हुँदैन । तीन करोड नेपालीलाई कसैले पनि पैसा बाँड्न सक्दैन । जनताको भोटबाट जित्ने राष्ट्रपतिले कुनै सांसदलाई मन्त्री बनाइराख्नु पर्दैन । ‘सबैभन्दा विज्ञ, विद्धान, असल, सक्षम र क्षमता भएका व्यक्तिलाई मन्त्री बनाएर पाँच वर्षमै विकास गर्न सकिन्छ, अनि मात्र देशमा सङ्घीय लोकतान्त्रिक र गणतन्त्र ल्याएको व्यवस्था सफल हुनसक्छ,’ उनले भने । 

पैसा हुनेले चुनाव जित्ने । पैसा नहुनेले चुनाव हेर्नै नसक्ने यो चुनावी प्रणालीलाई खारेज गर्नुपर्छ । ‘देशमा जनसङ्ख्याको अनुपातमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने सबै क्षेत्रका मानिसले समान अधिकार पाउन सक्छन्,’ उनले थपे । 

भ्रष्टाचार र बेतिथिको पक्षमा मुछिएका आफ्नै नेता तथा मन्त्रीलाई पनि छुट नदिएको बताउँदै उनले भने, ‘म प्रधानमन्त्री हुँदा सीआइबी अधिकारीहरूलाई भेटेर मैले नै भनेको थिए, म दोषी देखिएमा मलाई पनि नछाड्नु भनी भनेको पहिलो प्रधानमन्त्री पनि म हुँ ।’ यी भ्रष्टहरू आफ्नो भ्रष्टाचारबाट कुरूप बनेको अनुहार ढाकछोप गर्न झुट्टा प्रचारको सहारा लिन खोजदैछन् । 

‘म चुनौतीका साथ भन्न चाहन्छु ओली सरकारलाई शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्त सरकारमा फिर्ता ल्याऊँ, मेरो पूरै साथ हुनेछ तिमीहरूलाई,’ उनले भने, ‘तर झुटो प्रचार गरेर राजनीतिमा बेइमानी प्रदर्शन नगर्न भन्न चाहन्छु ।’ 

हामीले देशमा ठुलै परिवर्तन ल्याए पनि मानिसको जीवनमा त्यो परिवर्तन अझै आइसकेको छैन । मर्नु अघि त्यो परिवर्तन र सपना ल्याउन आफूले सङ्कल्प गरेको र त्यो सङ्कल्पमा जनताको पनि साथ चाहिने उनको भनाई छ । 

अहिले संविधान संशोधनको कुरा चलिरहेको छ । संविधान संशोधनको एमाले र काँग्रेसले जनताले रगत र पसिना बगाएर प्राप्त गरेका उपलब्धिसहितको अधिकार खोस्न खोज्दैछन् । त्यो खोस्न नदिने पक्षमा म उभिएको छु । ‘अधिकार खोस्ने होइन, संशोधित संविधानमा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, मजदुर, महिला, कृषकहरूको अधिकार झन् थपेर लैजानुपर्ने पक्षमा छु,’ उनले भने । 

सम्बन्धित समाचार