२०८३ बैशाख २३ गते , बुधबार

च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारतको खेल दुबईमा

sajilo news
एजेन्सी
२०८१ पौष १० गते , बुधबार
च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक, भारतको खेल दुबईमा

आइसिसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ। हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ देखि मार्च ९ सम्म हुने छ। प्रतियोगितामा १५ खेल हुनेछन्। दोस्रो सेमिफाइनल र फाइनलका लागि  रिजर्भ डे पनि राखिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमामा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल कराचीमा हुनेछ। यसैगरी भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबइमा हुनेछ। भारतले आफ्ना सबै खेल दुबइमा खेल्नेछ।

सेमिफाइनल पनि दुबईमै हुनेछ। यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ। १० खेल भने पाकिस्तानमा हुनेछन्। समुह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा  अस्ट्रेलिया, इंङ्ल्यान्ड , दक्षिण अफ्रिका र अफगानिस्तान छन्। 

सम्बन्धित समाचार