२०८३ असार ५ गते , शुक्रबार

पाँचथरको फालेलुङमा भीरबाट लडेर एक महिलाको मृत्यु

sajilo news
पाँचथर
२०८१ पौष ८ गते , सोमबार
पाँचथरको फालेलुङमा भीरबाट लडेर एक महिलाको मृत्यु

पाँचथरको फालेलुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे २ बजे फालेलुङ– ७बस्ने मनु आङ्वोकी श्रीमती ५० वर्षीया सरिता आङ्वो साथीसँग सल्लेरी जङ्गलमा दाउरा काट्न जाँदा भीरबाट अचानक लडेर घाइते भएकी थिइन् ।

टाउकोमा चोट लागेर अचेत अवस्थामा रहेकी उनलाई आइतबार साँझ ६ बजे जिल्ला अस्पताल ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शवलाई शव गृहमा राखिएको र आज पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार