२०८३ असार ५ गते , शुक्रबार

टिकटक बनाउने क्रममा मृत्यु भएका शिक्षिका र विद्यार्थीको शव परिवारलाई जिम्मा

sajilo news
झापा
२०८१ पौष ७ गते , आईतबार
टिकटक बनाउने क्रममा मृत्यु भएका शिक्षिका र विद्यार्थीको शव परिवारलाई जिम्मा

टिकटक बनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर ज्यान गुमाएका शिक्षिका र छात्राको शव परिवारलाई जिम्मा लगाइएको छ ।

मोरङ विराटनगर घर भई स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको हिजो अपराह्न घटनास्थलमै मृत्यु भएको थियो । उनीहरूको शव पोस्टमार्टम गरी आज परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

हिजो शनिवारको बिदा पारी साथीहरूसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए । अपराह्न २.३० बजे घुम्न गएका ६ जनामध्ये ३ जनाले सोही खोलामा टिकटक बनाउने क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार