२०८३ असार ५ गते , शुक्रबार

कारभित्र विमानस्थलका कर्मचारी मृत भेटिए

sajilo news
झापा
२०८१ पौष ६ गते , शनिबार
कारभित्र विमानस्थलका कर्मचारी मृत भेटिए

बाराको जीतपुरसिमरा दुधौरा खोला पुल नजिक कारभित्र एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका- ११ अमाडार दुधौरा खोला पुल नजिक एक जना पुरुष गाडीभित्र मृत अवस्थामा फेला परेका हुन् ।

रोकी राखिएको कार भित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा उपमहानगरपालिका- १ घर भई सिमरा बिमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

स्थानीयहरुले गाडी भित्र शव रहेको खबर गर्नेबितिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो । बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपतिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवको परीक्षणका लागि पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित समाचार