२०८३ बैशाख २३ गते , बुधबार

लुटपाट गर्न पुगेका डाँका समूहले गरे घाँटी थिचेर एकजनाको हत्या

sajilo news
झापा
२०८१ पौष ६ गते , शनिबार
लुटपाट गर्न पुगेका डाँका समूहले गरे घाँटी थिचेर एकजनाको हत्या

महोत्तरीमा डाँका समूहको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । गएराति मनराशिसवा नगरपालिका–४ साढामा डाँका समूहको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ७० वर्षीय सुशील झा रहेका महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । उनका अनुसार डाँका समूह झाको घरमा पसेर सुनको मंगलसुत्र र औँठी लुटपाट गर्न खोज्दा झाले प्रतिकार गरेका थिए । प्रतिकार गरेका झालाई घाँटी थिचेर हत्या गरिएको प्रहरी नायव उपरीक्षक जैसवारल बताए ।

घरमा पत्नीसँग बस्दै आएका झाको घरमा ५–७ जनाको समूहमा हातहतियारसहित आएका डाँकाहरूले गहनासँगै ८० हजार रुपैयाँ नगद लुटेर लगेको बताइएको छ । डाँकाहरूको आक्रमणमा मृत्यु भएका झाको शव अहिले घटनास्थलमै रहेको छ। डाँकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार