२०८३ असार ५ गते , शुक्रबार

झापामा मोटरसाइकल दुर्घटना, इलाममा कार्यरत प्रहरीका असई गम्भीर घाइते

sajilo news
झापा
२०८१ पौष ५ गते , शुक्रबार
झापामा मोटरसाइकल दुर्घटना, इलाममा कार्यरत प्रहरीका असई गम्भीर घाइते

झापाको बुद्धशान्तिमा भएको मोटरसाइकल दुर्घटनामा इलाममा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक(असई) गम्भीर घाइते भएका छन् । गएराति अन्दाजी ८ बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर –३ कालीखोलास्थित मेची राजमार्गमा इलामबाट बुधवारेतर्फ आउँदै गरेको प्र १–०२ ०४५ प ५०७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ४७ वर्षीय अनिलप्रसाद भण्डारी गम्भीर घाइते भएका हुन् ।

इलाममा कार्यरत मोटरसाइकल चालक झापा गौरादह जुरोपानी बस्ने भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ । अचेत अवस्थाका भण्डारीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार