२०८३ असार ५ गते , शुक्रबार

मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

sajilo news
झापा
२०८१ पौष ४ गते , विहीबार
मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । गएराति ९ः२० बजे मेचीनगर नगरपालिका-८ मकरेचौकस्थित भित्री पक्की सडक खण्डमा इटाभट्टादेखि नकलबन्दातर्फ जाँदै गरेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-६ बस्ने ३४ वर्षीय दिवस प्रधान घाइते भएका थिए ।

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति ९ः५० बजे डाक्टरले मृत घोषणा गरेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार