२०८३ असार ५ गते , शुक्रबार
भद्रपुरमा अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा दीप प्रज्वलन
भद्रपुर । भद्रपुर नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा बुधबार साँझ दीप प्रज्वलन गरेको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आइरहेको छ ।
सो सम्झनामा नगरपालिका परिसरमा दीप प्रज्वलन गरिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए । कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, नगरपालिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।