२०८३ असार ५ गते , शुक्रबार

पाँचथरमा भिरबाट लडेर राईको मृत्यु

sajilo news
पाँचथर
२०८१ पौष १ गते , सोमबार
पाँचथरमा भिरबाट लडेर राईको मृत्यु

पाँचथरको मिक्लाजुङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३:४० बजे मिक्लाजुङ गाउँपालिका–५ कालो खोल्सीको लसीबोटे बस्ने ६३ वर्षीय मानबहादुर राई सिक्देम्बाबाट मासुको पैसा उठाएर घर फर्कने क्रममा भिरबाट लडी ५० मिटर तल झरेका थिए । घाइतेलाई उपचारको लागि झापातर्फ ल्याउनेक्रममा साँझ ७।३० बजे बाटोमा नै मृत्यु भएको हो ।

राई भिरबाट लडेको स्थानीयवासीले देखेर घटनास्थलबाट उद्धार गरी उपचारको लागि स्ट्रक्चरमा राखेर गाडीसम्म लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार