वीरता लेडी जेसीजको अध्यक्षमा निशा शाक्य निर्वाचित
वीरता लेडी जेसीजको सन् २०२५को अध्यक्षमा निशा शाक्य निर्वाचित भएकी छन् । संस्थाको आज भएको निर्वाचनमा शाक्य निर्वाचित भएकी हुन् । शाक्यले ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सङ्गीता गिरीले जानकारी दिइन् । निर्वाचन प्रक्रियामा शाक्य र झुमा चुँडाल उत्रिएपनि अन्त्यमा चुँडालले आधिकारिक रुपमा नाम फिर्ता लिएपछि शाक्य निर्वाचित भएको निर्वाचन अधिकृत गिरीले बताइन् ।
वीरता लेडी जेसीजको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष मेनुका ओली, कार्यकारिणी उपाध्यक्ष मुना अधिकारी ढुङ्गेल, चन्द्रकला रिजाल, उपाध्यक्ष एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना बस्नेत, तारा बस्नेत रहेका छन् । यस्तै सह–सचिवमा दीक्षा कडरिया, शाखा सम्पादकमा हेलेन खरेल, तालिम संयोजक कोपिला पोख्रेल सिटौला, जनसम्पर्क अधिकारी पार्वता श्रेष्ठ निर्वाचित भएका छन् ।
संस्थाले मनोनीत गर्ने पदहरूमा समेत आजै टुङ्गो लगाएको छ । महासचिवमा प्रभा रायमाझी, कानुनी सल्लाहकारमा अस्मिता राई कुरुङ्बाङ र कोषाध्यक्षमा कविता ओलीलाई मनोनीत गरिएको निर्वाचन समिति सदस्य सङ्गीता चिमरियाले जानकारी दिइन् । संस्थाको निर्वाचन प्रक्रिया गत २८ गते सुरु भएपनि विविध कारणले स्थगित भएको थियो ।