२०८३ असार ५ गते , शुक्रबार

मोरङमा मोटरसाइकल दुर्घटना, बाबु–छोराको मृत्यु

sajilo news
मोरङ
२०८१ मंसीर ३० गते , आईतबार
मोरङमा मोटरसाइकल दुर्घटना, बाबु–छोराको मृत्यु

मोरङमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु  हुनेमा मोटरसाइकल चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार उनकै बुबा ४५ वर्षीय उमेश मरिक रहेको प्रहरीले जनाएको छ ।  

गएराति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका- २ झोराहाट चौकस्थित घिनाघाट सडक खण्डमा विराटनगरबाट विराट चौकतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर अनियन्त्रित भएर नहरको पुलमा ठोक्किदा  दुर्घटना भएको थियो । 

घटनामा दुवै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार