२०८३ बैशाख २३ गते , बुधबार

डिफेन्डिङ च्याम्पियन एनआरटीको पोल्टामा दोस्रो ‘इलाम गोल्डकप’

sajilo news
रासस
२०८१ मंसीर ३० गते , आईतबार
डिफेन्डिङ च्याम्पियन एनआरटीको पोल्टामा दोस्रो ‘इलाम गोल्डकप’

इलाम । दोस्रो इलाम गोल्ड कपको डिफेन्डिङ च्याम्पियन न्युरोड काठमाडौँ (एनआरटी) को पोल्टामा परेको छ । इलामको ठुलो टुँडिखेलमा सम्पन्न खेलमा चर्च ब्वइजलाई ३-० गोल अन्तरले पराजीत गरेर उपाधि चुमेको हो । खेलको २५ मिनेटमा जय गुरुङको कर्नरमा नेमारले गोल गर्दे टिमलाई अग्रता दिलाए । खेलको ५२ मिनेटमा डिबक्समा फल्ड मार्फत पाएको पेनाल्टीमा अञ्जन विष्टले गोल गर्दे टिमलाई बलियो बनाए । ६४ मिनेटमा जय गुरुङको पासलाई हेडमार्फत अञ्जन विष्टले गोल गर्दे उपाधिको पक्का बनाए ।

एनआरटीले खेलको सुरुवातीमै नेमार चुक्न पुगे । छ मिनेटमा मार्टिनले डिबक्सबाट पाएको अवसर बाहिरिन पुग्यो । १० मिनेटमा वान भर्षेस वानको अवसरमा नेमारले प्रहार गर्न नसक्दा टिमलाई अग्रता बनाउने अवसरमा चुके । १४ मिनेटमा डिबक्समा पाएको अवसरमा नेमारले सदुपयोग गर्न सकेनन् । १९ मिनेटमा नवमारकै अवसर पोल माथिबाट बाहिरिन पुग्यो । २२ मिनेटमा फल्ड मार्फत पाएको प्रहार विवेक गुरुङले फ्रेम दिन सकेनन् ।

३२ मिनेटमा मध्य भागबाट पाएको पासलाई जय गुरुङले उपयोग गर्न सकेनन् । ४२ मिनेटमा डिबक्स नजिकैको अवसर मार्टिन चिप्लिएपछि गोल गर्ने अवसर चुक्यो । ५२ मिनेटमा थप गोल गर्दै दुई गोल बनाएको न्युरोडले लगत्तै अवसर पाए पनि गोल गर्न चुक्यो । ६१ मिनेटमा डिबक्स बाहिरबाट जय गुरुङको प्रहार आकासिन पुग्यो । ७१ मिनेटमा मार्टिनले क्रस पास मार्फत दिलाएको अवसर सदुपयोग हुन सकेन । ८६ मिनेटमा मार्टिनको लामो पास जय गुरुङ चुक्न पुगे ।

यता लिग विजेता चर्च ब्वईजले पनि गोल गर्ने अवसर निकै पाएको थियो । पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेता मै चित्त बुझाउन प¥यो खेलको तीन मिनेटमा अर्मान्डोको हेड गोल पोस्टमा परेन । छ मिनेटमा निकै सुनौलो अवसरबाट विदेशी खेलाडी अब्बायोमीले सदुपयोग गर्न सकेनन् । १८ मिनेटमा फ्री किक मार्फत कमल श्रेष्ठको पासमा निकेश चुक्न पुगे । २५ मिनेटमा अब्बायोमिको क्रस पास अर्मान्डोले सदुपयोग गर्न सकेनन् । ३२ मिनेटमा गोल गर्ने अवसर पाएका कमल श्रेष्ठ चुक्न पुगे ।

४१ मिनेटमा फ्री किक मार्फत पाएको अवसर सदुपयोग हुन सकेन । मध्यान्तर अघिको इन्जुरी समयमा पाएको अवसरलाई गोल रक्षकले सहजै नियन्त्रणमा लिए । ५० मिनेटमा अब्बायोमिको प्रहार फितलो बन्यो । ५२ मिनेटमा कर्नरबाट पाएको अवसरमा विदेशी खेलाडी अब्बायोमी चुक्दा खेल फर्काउने अवसर चुक्यो । ६० मिनेटमा डिबक्स छेउबाट एरिक विष्टको प्रहार आकासिन पुग्यो । ६९ मिनेटमा अब्बायोमीले गरेको हेड पोल नजिकैबाट बाहिरियो ।

७० मिनेटमा रोहन कार्कीको डिबक्स भित्रबाटै गरेको प्रहार पोस्ट माथिबाट बाहिरियो । ८६ मिनेटमा छिरिङ लामाको फितलो प्रहार गोल किपर विशाल सुनुवारले उत्कृष्ट बचाउ गरे । ९० मिनेटमा कर्नरबाट पाएको अवसरलाई एरिक विष्टले गोल गर्न नसके पछि शून्य गोलमै चित्त बुझाउन प-यो । खेलको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाएको आयोजकले जनाएको छ ।

खेलको म्यान अफ द म्याद न्युरोडका शिशिर लेखि घोषित भए भने प्रतियोगिताको उत्कृष्ट गोल किपर न्युरोडका विशाल सुनुवार घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर न्युरोडका आशिष् गुरुङ घोषित हुँदा रोहन कार्की उत्कृष्ट मिट फिल्डर घोषित भए । रेड हर्ष फुटबल क्लबका अर्जुन गुरुङ उदीयमान खेलाडी घोषित भए भने सर्वाधिक गोल कर्ता र मन अफ द टुनामेन्ट न्युरोडका अञ्जन विष्ट घोषित भए ।

उत्कृष्ट कोच न्युरोडका प्रशिक्षक जीवन सिन्केमान घोषित भए । यस वर्ष बाट स्थापना गरेको खेल पत्रकारिता पुरस्कारबाट इलामका पत्रकार गणेश घिमिरे सम्मानित भएको रेड हर्ष प्रकाश घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार