२०८३ असार ५ गते , शुक्रबार

झापामा तीनवटा सवारीसाधन ठोक्किँदा घाइते भएका पाँचमध्ये एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ मंसीर ३० गते , आईतबार
झापामा तीनवटा सवारीसाधन ठोक्किँदा घाइते भएका पाँचमध्ये एक जनाको मृत्यु

झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये एकजनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा घाइते भएका प्रदेश न १–०१–०२ ह ९०१ नम्बरको सिटी सफारी चालक दमक –९ बस्ने ५३ वर्षीय राम गुरागाईँको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा गएराति ११ः२० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।

शनिबार बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका ५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडिबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न. १–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको थियो ।

दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका-३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक दमक नगरपालिका -९ बस्ने ५३ वर्षीय राम गुरागाईँ, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका-३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४ एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालक सङ्खुवासभा थोतखोला गाउँपालिका-२ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका थिए ।

सामान्य घाइतेहरूको निम्स अस्पताल दमक र गम्भीर घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । अन्य चार जना घाइतेहरूको उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार