२०८३ असार ५ गते , शुक्रबार

इलाममा करेन्ट लागेर एक मजदुरको मृत्यु

sajilo news
इलाम
२०८१ मंसीर ३० गते , आईतबार
इलाममा करेन्ट लागेर एक मजदुरको मृत्यु

इलाममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।शनिबार साँझ ५ बजे इलाम सन्दकपुर –४ माबु सायाङ्बामा विद्युतको पोलमाथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने इलाम नगरपालिका ४ बस्ने अन्दाजी ३० वर्षीय गोपाल राईलाई करेन्ट लागेको थियो । घाइते भई उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरी चौकी माबुको प्रहरी टोली खटिएर थप बुझ्ने काम भइरहेको र मृतकको शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार