अन्तर्राष्ट्रिय पर्वत दिवस आज
अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ।
यो वर्ष दिवसको अवसरमा दिगो भविष्यका लागि जलवायु अनुकुलन, नवप्रवर्धन र युवामा जोड दिइएको छ। संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरेपछि सन २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो।
दिवसको अवसरमा नेपाल पर्वतारोहण संघलगायत अन्य सरोकारवाला संस्थाले कार्यक्रम गर्दैछन्। नेपाल पर्वतारोहण संघले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा दिवसको अवसरमा पोखरामा ९ औँ पर्वतीय महोत्सव गरिरहेको छ। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरामा मंसिर २३ देखि जारी महोत्सव बिहीबार सकिँदैछ। शुक्रबार पर्वतारोहीसँग अन्तरसंवाद कार्यक्रम रहेको संघले जनाएको छ।
हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको छ। हिमाली जडिबुटी, हिमाली जीवजन्तु लगायतको उपलब्धताका हिसाबले नेपाल विश्वमै चर्चित छ। यस्तै नेपाल पर्वतारोहण तथा पदयात्राका लागि विश्वको रोजाइमा पर्ने गन्तव्य हो। विश्वमा कुल जनसंख्याको ७० प्रतिशतले जीवनमा विभिन्न तरिकाबाट पर्वतीय पानीको उपभोग गर्ने गरेको तथ्याङ्क छ।
यस्तै विश्वको rf/ प्रतिशत भूभाग ओगटेको हिमाली क्षेत्रमा कुल ९१ करोड ५० लाख भन्दा बढी मानिसको बसोबास रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।