२०८३ असार ५ गते , शुक्रबार

पाउँ पाथीभरा प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल

sajilo news
झापा
२०८१ मंसीर २५ गते , मंगलबार
पाउँ पाथीभरा प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल

मेचीनगर । झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल चयन भएका छन् ।

समितिको आज भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेपछि उनकै नेतृत्वमा १४ सदस्यीय समिति निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक टेकनाथ उप्रेतीले जानकारी दिए । ढकाल नेपाल रेडक्रस सोसाइटी झापाका सभापति तथा अग्रज पत्रकार हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा यमनाथ बराल, महिला उपाध्यक्षमा पुष्पा बोखिम, सचिवमा नवराज भट्टराई, सहसचिवमा डिल्लीराम अधिकारी र कोषाध्यक्षमा लालबहादुर थेबे चयन भएका छन् ।

त्यस्तै, महिला सदस्यमा गणेशकुमारी न्यौपाने, मुना श्रेष्ठ र दुर्गा भुजेल तथा खुला सदस्यमा प्रेमप्रसाद भट्टराई, रमेश भट्टराई, सङ्गीत शिवाकोटी, रेवतकुमार दाहाल र बोलप्रसाद कोइराला चयन भएका छन् ।

सम्बन्धित समाचार