२०८१ माघ २ गते , बुधबार

एनपीएल : एन्ड्रिजको शतकीय पारीमा पोखराको ठूलो जित, कर्णालीले चितवनलाई हरायो

sajilo news
झापा
२०८१ मंसीर २१ गते , शुक्रबार
एनपीएल : एन्ड्रिजको शतकीय पारीमा पोखराको ठूलो जित, कर्णालीले चितवनलाई हरायो

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो।

१७१ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गरेको छ। यो एनपीएलको सबैभन्दा ठूलो जित हो। पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग ७ विकेटको हार बेहोरेको थियो।

पोखराले पावरप्लेमा ८० रन बनाएको थियो। १० ओभरको समाप्तिमा पोखराले बिना कुनै विकेटको क्षति ११५ रन बनायो। यो पहिलो विकेटका लागि एनपीएलमा भएको सबैभन्दा ठूलो साझेदारी हो।

 पोखराका लागि एन्ड्रिज गोउसले५५ बलमा १२ चौका र ५ छक्कासहित अविजित १०४ रनको शतकीय पारी खेले। अर्का ओपनर दिनेश खरेलले ६१ रनमा अविजित पारी खेले। उनले ४६ बलमा ४ चौका र ४ छक्कासहित अविजित रहे। 

त्यसअघि ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै रन आउट भए। उनी १९.६ ओभरमा लिस्कको हातबाट रनआउट भए। लुम्बिनीले पावरप्लेमा २ विकेटको क्षतिमा ४६ रन बनाएको थियो। १० ओभर सकिँदा थप १ विकेट गुमाउँदै थप १८ रन थपेको हो। 

पहिलो ओभरको तेस्रो बलमा ओपनर अशुतोष घिरौयालाई पहिलो विकेटका रुपमा गुमाएको लुम्बिनीले दोस्रो विकेट अर्का ओपनर उन्मुक चन्दलाई गुमायो। ६.१ ओभरमा सन्दीप जोरालाई म्याट क्रिच्लेले एलबीडब्ल्यु आउट गराए। उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरेका हुन्। लुम्बिनीले ७ ओभरमा ३ विकेट गुमाई ५० रन पूरा गरेको हो। 

१३ ओभर सकिँदा लुम्बिनीले ३ विकेटको क्षतीमा १०८ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले चौथो विकेटका लागि टम मोरिससँग ११० रनको शतकीय साझेदारी गरे। टम मोरिस ३८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४५ रनमा विकेट किपर गोउसबाट रन आउट भए। विवेक यादव २ रनमा अविजित रहे। 

पोखराका लागि बाँया हाते स्पिनर विपिन खत्रीले २ विकेट लिए। म्याट क्रिच्लेले १ विकेट लिए।  लुम्बिनीको यो दोस्रो खेल हो भने पोखराको यो तेस्रो खेल हो। लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटको हार बेहोरेको थियो।

उता  कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। शुक्रबार टियु क्रिकेट मैदानमा कर्णालीले चितवन रोइनोजविरुद्ध ६ विकेटको रोमाञ्चक जित हात पारेको हो। 

चितवनले दिएको १३१ रन कर्णालीले ४ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गरेको छ। अन्तिम ओभरमा ९ रन चाहिएको अवस्था थियो। १९.४ ओभरमा अर्जुन घर्ती ११ रन बनाउँदै रन आउट भए। त्यसपछि गुल्सन झा क्रिजमा आए। १९.५ ओभरमा जिसन मक्सुदले चौका प्रहार गर्दै कर्णालीलाई जित दिलाए। जिसन १२ रन र गुल्सन शून्यमा अविजित रहे।

यो कर्णालीको पहिलो जित हो। यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो। 

कर्णालीका लागि देव खनालले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५३ रन को साझेदारी गरे। उनलाई ९.५ ओभरमा कुशल मल्लले एलबीडब्ल्यु आउट गराए। देव खनालले ३२ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए। दोस्रो विकेटका लागि धवनले चाड्विक वाल्टनसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे। 

शिखरलाई भने लोफ्टी इटोनले १५.२ ओभरमा ४५ रनमा क्याच एण्ड बोल्ड बनाए। शिखरले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका रूपमा चाड्विक वाल्टन पेभेलियन फर्किए। उनले १९ बलमा ३ चौका प्रहार गरे। 

 नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। शुक्रबार टियु क्रिकेट मैदानमा कर्णालीले चितवन रोइनोजविरुद्ध ६ विकेटको रोमाञ्चक जित हात पारेको हो। 

चितवनले दिएको १३१ रन कर्णालीले ४ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गरेको छ। अन्तिम ओभरमा ९ रन चाहिएको अवस्था थियो। १९.४ ओभरमा अर्जुन घर्ती ११ रन बनाउँदै रन आउट भए। त्यसपछि गुल्सन झा क्रिजमा आए। १९.५ ओभरमा जिसन मक्सुदले चौका प्रहार गर्दै कर्णालीलाई जित दिलाए। जिसन १२ रन र गुल्सन शून्यमा अविजित रहे। यो कर्णालीको पहिलो जित हो। यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौं गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो। 

कर्णालीका लागि देव खनालले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५३ रन को साझेदारी गरे। उनलाई ९.५ ओभरमा कुशल मल्लले एलबीडब्ल्यु आउट गराए। देव खनालले ३२ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए। दोस्रो विकेटका लागि धवनले चाड्विक वाल्टनसँग ५१ रनको अर्धशतकीय साझेदारी गरे। 

शिखरलाई भने लोफ्टी इटोनले १५.२ ओभरमा ४५ रनमा क्याच एण्ड बोल्ड बनाए। शिखरले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए। तेस्रो विकेटका रूपमा चाड्विक वाल्टन पेभेलियन फर्किए। उनले १९ बलमा ३ चौका प्रहार गरे। 

सम्बन्धित समाचार