२०८३ बैशाख २३ गते , बुधबार

विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

sajilo news
झापा
२०८१ मंसीर १८ गते , मंगलबार
विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै  सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको छ।  ओपनर ब्याटर मार्टिन गुप्टेल डक आउट हुँदा कुनै पनि खेलाडीले क्रिजमा टिकेर रन बनाउन नसक्दा विराटनगर १६।१ ओभरमा ९२ रनमा अलाउट भयो। यो विराटनगरको लगातार दोस्रो हार हो। विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो।

विराटनगरका लागि वसिर अहमदले सर्वाधिक २४ रन बनाए। उनले २८ बलमा २ चौका प्रहार गरे। राजेश पुलामीले १५ बलमा १५ रन बनाए । कप्तान सन्दीपले ८ रन बनाए। १८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सले पावरप्लेमा ३ विकेट गुमाउँदै २१ रन बनाएको छ। तेस्रो क्रममा आएका निकोलस क्रिटोन पनि ५ रनमै पेभेलियन फर्किए। 

ओपनर लोकेश बम स्टम्पिङ हुँदा ४ ओभर सकिँदा विराटनगर निकै नाजुक अफ अवस्थामा ३ विकेट गुमाउँदै ११ रनमा रहेको थियो। सुदूरपश्चिमका लागि स्कट कुग्गेलिन र अभिनाश बोहोराले समान ३र३ विकेट लिए। ब्रान्डन म्याकमुलेन, सैब जैब र इशान पाण्डेले १र१ विकेट लिए। 

यो हालसम्म भएका तीन खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेर जित्ने सुदूरपश्चिम पहिलो टिम हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले। उनले २४ बलमा ३ चौका र ५ छक्का बनाउँदै अविजित अर्धशतकीय पारी खेलेका हुन्। 

सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। सुदूरपश्चिमले दोस्रो ओभरमा नै ओपनर अमित श्रेष्ठ १ रनमै गुमायो। उनी इस्मात अलामको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए।  अर्का ओपनर विनोद भण्डारी पाँचौं ओभरको चौथो बलमा अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। उनले १९ बलमा ४ चौकासहित २३ रन बनाए। 

तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले आरिफ शेखलाई गुमायो। उनले ५ बलमा २ चौका सहित ९ रनमा निकोलस क्रिटोन  उत्कृष्ट क्याच लिए । वसिर अहमदको बलमा निकोलसले क्याच गरेका हुन्। पावरप्लेमा ३ विकेट गुमाएर ४३ रन बनाएको सुदूरले ११ औं ओभरको तेस्रो बलमा अनिल खरेलले सैफ जैबलाई १४ रनमा बोल्ड आउट गरेका हुन्। उनले १५ बलमा १ छक्का प्रहार गरेका हुन्। १३ औं ओभरको चौथो बलमा अनिलले सुदूरका ब्रान्डन म्यामुलेनको विकेट लिए। उनले २६ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाए। 

१५ औं ओभरको तेस्रो बलमा इशान पाण्डेले छक्का प्रहार गर्दै सुदूरपश्चिमले १०० रन पूरा गरेको हो। १७ औं ओभरको पाँचौं बलमा तेस्रो रन लिने क्रममा इशान पाण्डे रन आउट भएका छन्। उनले १६ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए। उनले २५ बलमा दिपेन्द्र सिंह ऐरीसाग ४९ रनको मिडलअर्डर साझेदारी गरे। ८९ रनमा ५ विकेट गुमाएको सुदूरको लागि यी दुईको साझेदारीले राम्रो लय दियो। 

त्यसपछि क्रिजमा आएका स्कट कुग्गलेन सोलको बलमा निकोलस क्रिकोटको हातमा बाउन्ड्रीमा क्याच आउट भए। सुदूरका लागि बसन्त खत्री ४ रनमा अविजित रहे। विराटनगरका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। इस्मात अलाम र वरिस अहमद र क्रिस सोलले समान १र१ विकेट लिए। आजको दोस्रो खेल पोखरा एभेन्जर्स र चितवन राइनोजबीच हुनेछ।

सम्बन्धित समाचार