२०८३ असार ५ गते , शुक्रबार

भारत हुँदै कुवेत जान खोजेका १३ युवतीको नाकाबाट उद्धार

sajilo news
झापा
२०८१ मंसीर १४ गते , शुक्रबार
भारत हुँदै कुवेत जान खोजेका १३ युवतीको नाकाबाट उद्धार

भारतको बाटोबाट कुवेत जान खोजेका युवतीहरुलाई रुपन्देहीबाट उद्धार गरिएको छ। बेलहिया नाकामार्फत भारत हुँदै अवैध रुपमा कुवेत जान खोजेका १३ युवतीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन पौडेलले जानकारी दिए।   

मानव बेचबिखनकाविरुद्धमा काम गर्ने शान्ति पुर्नस्थापना केन्द्र नामक संस्थासँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो। उनीहरु सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, सिन्धुली, झापा घर भएका युुवतीहरु छन्। 

वैधानिक तवरबाट नेपालबाट सिधै कुवेत जान सकिने भए पनि उनीहरुले भारतको बाटो प्रयोग गर्न खोज्नु शंकास्पद देखिएको पौडेलको भनाइ छ। उनीहरुलाई अहिले केन्द्रकै सेफ हाउसमा राखिएको छ। 

हिजो राति अवेर भइसकेकाले आज मात्रै सोधपुछ गरेपछि थप कुरा खल्ने उनको भनाइ छ। युवतीहरुसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

सम्बन्धित समाचार