२०८३ असार ५ गते , शुक्रबार
गौरीगञ्जमा आगलागी हुँदा ६ वटा चौपाया जलेर मरे, १५ लाखको क्षति
झापाको गौरीगञ्जमा आगलागी भएको छ । बिहीबार साँझ ६ बजे भएको आगलागीबाट गौरीगन्ज गाउँपालिका –१ भन्सार टोलका नौलोसिंह थापाको ग्वाली जलेर नष्ट भएको छ ।
आगलागीबाट तीन वटा बाख्रा र तीन वटा खसी जलेर मरेका छन् । आगलागीबाट करिब १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गौरादह र शिवसताक्षी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो साँझ ७ः२२ बजे नियन्त्रणमा आएको थियो ।