२०८३ असार ५ गते , शुक्रबार

काँकडभिट्टाबाट ७ सय केजी लसुन बरामद

sajilo news
झापा
२०८१ मंसीर १२ गते , बुधबार
काँकडभिट्टाबाट ७ सय केजी लसुन बरामद

झापाको काँकडभिट्टा नाकाबाट तस्करीको माध्यमबाट भारत पठाउन लागेको लसुन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मङ्गलवार साँझ ७ सय केजी लसुन बरामद हो । 

मेचीनगर नगरपालिका ६ स्थित बाँस झ्याङमा अवैध रुपमा ल्याइलुकाई छिपाई बेवारिसे अवस्थामा राखेको ३ लाख ५० हजार बराबरको लसुन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । सो लसुन भारत पठाउन त्यहाँ ल्याएर राखिएको थियो । बरामद गरिएको लसुन आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार