२०८३ असार ५ गते , शुक्रबार

मोरङमा हायस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

sajilo news
मोरङ
२०८१ मंसीर १० गते , सोमबार
मोरङमा हायस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङको सुन्दरहरैचा नगरपालिका-५ दुलारी स्थित पूर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

आइतबार दिउसो इटहरीबाट गछियातर्फ जाँदै गरेको बा. प्र ०८-००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साइकलमा बाटो काट्दै गरेका सुन्दरहरैचा-४ का ४४ वर्षीय चन्द्र कुमार राईलाई ठक्कर दिई गम्भीर घाइते भएकोमा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

हायस र हायस चालक झापा भद्रपुर नगरपालिका-८ का २६ वर्षीय विशाल दासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार