२०८३ असार ५ गते , शुक्रबार

सताक्षीधाममा नेपाली सेनाद्वारा सरसफाइ

sajilo news
झापा
२०८१ मंसीर १० गते , सोमबार
सताक्षीधाममा नेपाली सेनाद्वारा सरसफाइ

झापाको धार्मिक एवं पर्यटकीय स्थल सताक्षीधाममा नेपाली सेनाले आज बृहत् सरसफाइ गरेको छ । सताक्षी गोरक्षा महोत्सव तथा महायज्ञलाई लक्षित गरी  २१ नं बाहिनी अड्डा र अरिदमन गण चारआलीका सेनाले धाम परिसर र बाटोमा सरसफाइ गरेको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए । सताक्षीधाम गोलोक गोवर्धन गौशाला तथा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा मङ्सिर १४ देखि २४ गतेसम्म महायज्ञ आयोजना हुने भएको छ ।

पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिङ्ग महापुराण कथा प्रवचन, ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष अर्चना गरिने आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित समाचार