२०८३ बैशाख २३ गते , बुधबार
मुख्यमन्त्री कार्कीको घरअगाडि शङ्कास्पद वस्तु फेला, सेनाले गर्यो निष्क्रिय
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित निवासमा राखिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
शङ्कास्पद वस्तुलाई अरिदमन गणबाट सह–सेनानी शैलेश मल्लको कमान्डमा १÷८ को नफ्री (BD टिम सहित) ले आज दिउँसो २ः१४ बजे डिस्पोज गरेको हो । उक्त शङ्कास्पद वस्तुभित्र बालुवा, काटीका टुक्राहरू भेटिएको गणका एक सुरक्षा अधिकारीले बताए । कुनै पनि विस्फोटक पदार्थ नभेटिएको र उक्त वस्तु होक्स रहेको ती अधिकारीले जानकारी दिए ।
गौरादह–३ स्थित मुख्यमन्त्री कार्कीको निवास अघिल्तिर तारले बाँधेको दुईवटा बियरको बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको सानो कागजको चिर्कटो फेला परेको थियो । यसअघि पनि मुख्यमन्त्री कार्कीको घरमा त्यस्तै शङ्कास्पद वस्तु राखेर तर्साउन खोजिएको थियो ।