२०८३ असार ५ गते , शुक्रबार

इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु

sajilo news
इलाम
२०८१ मंसीर ८ गते , शनिबार
इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु

इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ ।इलामको सूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो ।

गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए ।अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेपछि राईलाई केही दिनअघि मात्रै झापाको मनमोहन सामुदायिक अस्पताल लगिएको थियो ।त्यहाँ पनि उपचार हुन नसकेपछि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याएकोमा मङ्सिर ६ गते राईको मृत्यु भएको हो ।

सम्बन्धित समाचार