२०८३ असार ५ गते , शुक्रबार

अमेरिकामा कार दुर्घटना हुँदा एक नेपालीको मृत्यु

sajilo news
झापा
२०८१ मंसीर ८ गते , शनिबार
अमेरिकामा कार दुर्घटना हुँदा एक नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा एकजना नेपालीको मृत्यु भएको छ । रुकुम आठसबिसकोट नगरपालिका–७ औलीघाउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए ।

गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्थे । ‘कामबाट फर्किने बेलामा उनी चढेको कार रुखमा ठोक्किएर दुर्घटना भएछ,’ उनले भने, ‘उक्त कारमा उनीसँगै चढेका अर्का एकजनाको पनि मृत्यु भएको भनिएको छ । तर उनी को हुन् भन्ने चाहिँ खुलेको छैन ।’ चालक विजय तामाङले अत्यधिक मदिरा सेवन गरेका कारण दुर्घटना भएको र चालक तामाङ प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

मृतक केसीको शव अस्पतालमा रहेको र आवश्यक प्रक्रिया पु¥याएर निकाल्ने तयारी भइरहेको पनि गौतमले जनाएका छन् ।

सम्बन्धित समाचार