२०८३ बैशाख २३ गते , बुधबार

खैरो हेरोइनसहित एक युवक मेची पुलबाट पक्राउ

sajilo news
झापा
२०८१ मंसीर ७ गते , शुक्रबार
खैरो हेरोइनसहित एक युवक मेची पुलबाट पक्राउ

झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएका ३१ वर्षीय आशाकाजी तामाङ छन् ।  

लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट आउँदै गरेका आरोपीको साथबाट ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । उनी रिक्सा चढेर भारतबाट नेपाल आउँदै थिए । आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण कुमार चन्दले बताए । 

सम्बन्धित समाचार