२०८३ असार ५ गते , शुक्रबार

भद्रपुर-धुलाबारी सडक : बालुवाले पुरिएको हडिया पुलको यात्रा अझै जोखिमपूर्ण, सवारीसाधनका लागि खोलामै डाइभर्सन निर्माण

sajilo news
झापा
२०८१ मंसीर ७ गते , शुक्रबार
भद्रपुर-धुलाबारी सडक : बालुवाले पुरिएको हडिया पुलको यात्रा अझै जोखिमपूर्ण, सवारीसाधनका लागि खोलामै डाइभर्सन निर्माण

झापाको सदरमुकाम भद्रपुर-धुलाबारी जोडने हडिया नदी माथिको चार पाङग्रे साना तथा ठुला सवारीसाधन नचलाउन भद्रपुर नगरपालिकाले आग्रह गरेको छ । 

भद्रपुर सीमा छेउमै यसअघि भ्वाङ परेको पुल भत्किएपछि केहिदिन देखि सवारीसाधन ओहोरदोहोर बन्द भएको थियो । बिहीबार भ्वाङ परेको ठाउँमा बालुवाले पुरिएको थियो । 'बालुवाले पुरिएपछि सवारीसाधन सुचारु भएको देखिन्छ,' भद्रपुर नगरपालिकाका इन्जिनियर योगेन्द्र रंन्जितकारले भने, 'कसले बालुवा ल्याएर पुरिदिएको हो भद्रपुर र मेचीनगर पालिकालाई समेत जानकारी प्राप्त भएको छैन, अहिले पनि पुल धरापकै स्थितिमा छ ।'

त्यसैले पुलमाथिबाटै जोखिमपूर्ण यात्रा नगरिदिन नगरपालिकाले सबै समक्ष आग्रह गर्दछ। आजै बालुवा पुरिएको ठाउँमा बाटो बन्द छ भनेर बोर्ड लगाइने उनले बताए ।  'वैकल्पिक यात्राका लागि पुलको दक्षिण भागको खोलामा डाइभर्सन बनाई ठुला तथा साना यातायात सुचारुका लागि व्यवस्था मिलाइएको छ,' उनले भने । 

भद्रपुर ९ र मेचीनगर १५ को सडक सञ्जालसँग जोडिएको हडिया नदीमाथि २०६८ सालमा पक्की पुल निर्माण गरिएको थियो । त्यही बेला पुलको दायाँ बायाँ तटबन्ध निर्माण नहुँदा सञ्चालनमा आएको केही वर्षभित्रै एक लेनको साँघुरो पुल जीर्ण बनेको थियो ।

सम्बन्धित समाचार