२०८३ असार ५ गते , शुक्रबार

हरिबोधिनी एकादशीका दिन आगलागीमा परी घाइते भएकी बिर्तामोडकी वृद्धाको मृत्यु

sajilo news
झापा
२०८१ मंसीर ७ गते , शुक्रबार
हरिबोधिनी एकादशीका दिन आगलागीमा परी घाइते भएकी बिर्तामोडकी वृद्धाको मृत्यु

झापा । दश दिनअघि आगलागीमा परी घाइते भएकी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमाको उपचारका क्रममा निधन भएको छ । गएराति ९:४५ बजे भारतको सिलिगुडीमा उपचारका क्रममा न्यौपानेकी आमा अन्दाजी ८५ वर्षीया पुष्पलता न्यौपानेको निधन भएको हो ।

गत कात्तिक २७ गते हरिबोधिनी एकादशीका दिन एकादशीको पूजा गर्दा दियोको आगो सल्किएर उनी घाइते भएकी थिइन् । पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो । घाइतेलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

सम्बन्धित समाचार