२०८३ असार ५ गते , शुक्रबार

परालको टहरा बनाई सुतेका एक जनाको आगलागीमा परी मृत्यु

sajilo news
झापा
२०८१ मंसीर ६ गते , विहीबार
परालको टहरा बनाई सुतेका एक जनाको आगलागीमा परी मृत्यु

धान रुंग्नको लागि परालको टहरा बनाई सुतेका एक व्यक्तिको आगलागीमा परी सङ्खुवासभामा मृत्यु भएको छ । टहरा नजिक आफैले बालेको आगो सल्कन गई सङ्खुवासभा चैनपुर– २ तिखिढुङ्गा बस्ने ४४ वर्षीय दुर्गाबहादुर अधिकारीको मृत्यु भएको हो ।

हिजो बिहान करिब १ः१५ बजे डढेर गम्भीर घाइते अवस्थामा फेला परेका अधिकारीलाई चैनपुर आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि धरान ल्याउने क्रममा बिहान ९.१५ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार