२०८३ बैशाख २३ गते , बुधबार

मोटरसाइकलको ह्यान्डल र मलद्वारमा ब्राउन सुगर भित्राउने तीनजना पक्राउ

sajilo news
झापा
२०८१ मंसीर ३ गते , सोमबार
मोटरसाइकलको ह्यान्डल र मलद्वारमा ब्राउन सुगर भित्राउने तीनजना पक्राउ

भारतबाट मोटरसाइकलको ह्यान्डलभित्र लागूऔषध ब्राउन सुगर लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका–५ बस्ने २४ वर्षीय देवेन्द्र चौधरी र बिर्तामोड –५ बस्ने ३६ वर्षीय सुरेश चौधरी रहेका छन् ।

आज साँझ ४ः५० बजे पुरानो मेची पुलमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको कुकुरसहितको टोली र नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ९०३७ नम्बरको मोटरसाइकल चालक देवेन्द्र र पछाडि सवार सुरेशलाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको ह्यान्डलमुनिको तारभित्र लुकाई छिपाई ल्याएको १ ग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको जनाइएको छ ।

त्यस्तै आजै साँझ ५ बजे पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री पाँचथर फालेलुङ –६ बस्ने २४ वर्षीय वसन्त राई लागू औषधसहित पक्राउ परेका छन् । शङ्का लागेर चेकजाँच गर्दा उनले मलद्वारमा लुकाई ल्याएको ८ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएको जनाइएको छ ।

सम्बन्धित समाचार