काँग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै चारआली खानेपानीमा माओवादीका चिमरिया विजयी
मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित भएका छन् । मतगणनाको नतिजा अनुसार अध्यक्षमा नेकपा माओवादी केन्द्रका साझा समूहका उम्मेदवार राजन चिमरियाले ९११ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिस्पर्धीहरू काँग्रेसका बालकुमार विष्टको २७२ र एमालेका सन्तोष मेचेको ४९३ मत मात्र ल्याएका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा साझा समूहकी मैयाँ कार्कीले ६०९ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धीहरू काँग्रेसकी दिपा आचार्य पौडेलले ३८५ र एमालेकी पुष्पा गौतम खनालले ५२० मत ल्याएकी छन् । सचिव पदमा साझाका प्रेमराज घिमिरेले ६६४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरू, काँग्रेसका राजेन्द्रप्रसाद रिजालले ३४२ र एमालेका दामोदर घिमिरेले ५१६ मत ल्याएका छन् ।
कोषाध्यक्षमा साउन मेचे (बादल)ले ५७७, काँग्रेसका यमकान्त पौडेलले ३७८ र एमालेका प्रकाश बरालले ५५८ मत ल्याएका छन् । त्यसैगरी, साबिकको वडा नम्बर ४, ५ र ६ बाट सदस्य पदका साझाका उम्मेदवार पुरुषोत्तम सिग्देलले ६१९ मत ल्याएर विजयी भए ।
उनका प्रतिस्पर्धीहरू काँग्रेसका लक्ष्मी घिमिरेले ३४७ र एमालेका कुमारप्रसाद भण्डारीले ४९३ मत मात्र ल्याएका छन् । साबिकको वडा नम्बर ४, ५ र ६ बाट महिला सदस्य साझाकी चन्द्रकला तदेबुङ्गले ६१३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरू काँग्रेसका रम्भाकुमारी राजवंशीले ३४२ र एमालेकी लीलादेवी कार्कीले ५१० मत मात्र ल्याउन सफल भए ।
साबिकको वडा नम्बर १, २, ३ र ४ बाट साझाका तेजबहादुर लिम्बुले ६७३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धीहरू काँग्रेसकी धनमाया बस्नेतले ३४४ र एमालेका राजेन्द्र कार्कीले ५०० मत ल्याए ।
साबिकको वडा नम्बर ५ र ६ खुल्लाबाट एमालेका हरिप्रसाद घिमिरेले ५८३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरू साझाका डिल्लीराम अधिकारीले ४७८ र काँग्रेसका सुकुमार मेचेले ३९६ मत मात्र प्राप्त गरेका थिए ।
यस्तै साबिकको वडा नम्बर ५ र ६ महिलाबाट साझाकी अन्जु फेवादिनले ५८९ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरू काँग्रेसकी शान्ता नेम्बाङले ३६२ र एमालेकी भगिरथा खतिवडाले ३०६ मत मात्र ल्याएका थिए ।
यता लेखा समिति संयोजकमा साझाका अर्जुन खनालले ५६२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरू काँग्रेसका मोहन अधिकारीले ५०८ र एमालेका रेवतकुमार दाहालले ४७१ मत मात्र ल्याए ।
त्यस्तै खुल्ला सदस्यमा साझाका रुद्रप्रसाद रिजालले ४२४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धीहरू काँग्रेसका हरिप्रसाद रिमालले २२८ र एमालेका श्रीप्रसाद थापाले ४७९ मतमा चित्त बुझाउनु पर्यो ।
महिला सदस्यमा साझाकी रितादेवी रिजाल न्यौपानेले ५७९ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पधीहरु काँग्रेसकी जमुनादेवी ओली खरेलले ३२१ र एमालेकी विमला मिश्र विष्टले ५३० मत मात्र ल्याउन सफल भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
नेकपा एमालेबाट सदस्यमा उम्मेदवार भएका हरिप्रसाद घिमिरे बाहेक साझा समूहको नेतृत्व गरेका माओवादीका चिमरियाको प्यानलै विजयी भएका छन् ।
संस्थाको हिजो सम्पन्न निर्वाचनमा २ हजार ६९५ मतदाता मध्ये एक हजार ७८१ जनाले मतदान गरेका थिए ।