२०८३ बैशाख २३ गते , बुधबार

अमेरिकी कोको गौफलाई डब्लुटीएको उपाधि

sajilo news
एजेन्सी
२०८१ कार्तिक २५ गते , आईतबार
अमेरिकी कोको गौफलाई डब्लुटीएको उपाधि

डब्लूटीए फाइनल्सको उपाधि अमेरिकाकी खेलाडी कोको गौफाले जितेकी छिन्। साउदी अरेबियाको रियादमा भएको रोमान्चक र प्रतिस्पर्धात्मक फाइनलमा गौफले, चीनकी झेङ किनवेनलाई तीन सेटमा पराजित गरेकी हुन्।

गौफ ओलम्पिक च्याम्पियनविरुद्ध एक सेटले पछि परेको स्थितीबाट खेलमा फर्किएकी थिइन्। उनले पहिलो सेट ३–६ ले गुमाइन्। तर बाँकी दुई सेटमा २० वर्षीय गौफले शानदार पुनरागमन गरिन्।

उनले दोस्रो सेट ६–४ ले जितेपछि खेल रोमान्चक बनेको थियो। तेस्रो सेट टाइब्रेकरमा पुग्यो। तर गौफले ७–६ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक डब्लुटिए उपाधि उचालिन्।

यी दुईबीचको फाइनल तीन घन्टा चार मिनेट चलेको थियो। डब्लूटीए फाइनल्सको यो अहिले सम्मको लामो खेल हो। गौफ सन २००४ मा मारिया सारापोभा पछि यो उपाध िजित्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन्।  अमेरिकाका लागि सेरेना विलियम्सले दश वर्ष अघि डब्लुटिए उपाधि दिलाएकी थिइन्।

सम्बन्धित समाचार