२०८१ कार्तिक २३ गते , शुक्रबार

गोरख भेट्रान्स कपको उपाधि बिर्तामोडले उचाल्यो

sajilo news
झापा
२०८१ कार्तिक १० गते , शनिबार
गोरख भेट्रान्स कपको उपाधि बिर्तामोडले उचाल्यो

दोस्रो गोरख भेट्रान्स कपको उपाधि पूर्वेली भेट्रान्स बिर्तामोडले जितेको छ । सूर्योदय नगरपालिका–५ समालबुङस्थित सामसुङ मेमोरियल खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा दमक भेट्रान्स दमकलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै बिर्तामोडले उपाधि जितेको हो ।उपाधिसँगै बिर्तामोडले ७० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले ३५ हजारमा चित्त बुझाएको छ ।

निर्धारित समयमा दुवै टिमले ३–३ गोल बराबरी खेलेका थिए । खेलमा अग्रता बिर्तामोडले बनाएको थियो । तेस्रो मिनेटमा कप्तान दिनेश चौधरीले बिर्तामोडलाई अग्रता दिलाए ।१० औ मिनेटमा दमकका दिपेन गिरीले खेल बराबरी गरे । २२ औ मिनेटमा कर्ण लिम्बूले बिर्तामोडलाई फेरि अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा चन्द्र गिरीले खेल बराबरी गरे । सातौँ मिनेटमा आशिष् सुब्बाले दमकलाई अग्रता दिलाउँदा बिर्तामोड कर्ण लिम्बूले २१ औ मिनेटमा अर्को गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच दमकका कप्तान अजेन तुम्बापो घोषित भए । सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका गोलरक्षक रूपक गुरुङ र सर्वाधिक गोलकर्ता बिर्तामोडकै प्रेम लिम्बू घोषित भए ।

सम्बन्धित समाचार