२०८३ बैशाख २३ गते , बुधबार

टी–२० शृङ्खलामा नेपालको ‘क्लीन स्वीप’, अमेरिका पराजित

sajilo news
झापा
२०८१ कार्तिक ५ गते , सोमबार
टी–२० शृङ्खलामा नेपालको ‘क्लीन स्वीप’, अमेरिका पराजित

नेपालले टी–२० आई सिरिजमा अमेरिकालाई क्लीन स्वीप गरेको छ। सोमबार अमेरिकाको डालासमा भएको टी-२० शृंखलाको तेस्रो खेलमा अमेरिकालाई पराजित गर्दै नेपाल ८ विकेटले विजयी भएको हो।

जितका लागि १५७ रनको लक्ष्य पाएको नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा लक्ष्य पूरा गरेको हो। नेपालका लागि आशिफ शेखले अर्धसतक प्रहार गरेका थिए। उनले ३९ बलमा २ छक्का र ५ चौका प्रहार गरे। यसैगरी अनिल शाहले १३ रनको योगदान गरे। कुशल मल्लले ४४ रन र कुशल भुर्तेलले ४० रनको बनाउँदै अविजित रहे।

अमेरिकाका लागि जुआनोय ड्रिसडेल र जसदीप सिंहले १/१ विकेट लिए।

यस अगाडि  टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। अमेरिकाका लागि सैतेजा मुखमलाले सर्वाधिक ६८ रन बनाए। उनलाई सोमपालको बलमा अनिल शाहले क्याच गरेर पेभेलियन फर्काएका हुन्। त्यसैगरी मिलिन्द कुमार ४३ रन‍, एरोन जोन्सले १३ रन  र हरमीत सिंहले १० रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।  

नेपालका लागि सोमपाल कामीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए। ललित राजवंशी र रिजन ढकालले १/१ विकेट लिन सफल भए। नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रन र दोस्रो खेलमा सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो।

सम्बन्धित समाचार