२०८३ बैशाख २३ गते , बुधबार

भद्रपुर नगरपालिकाले दियो प्रेस क्लबलाई फुटबल बुट

sajilo news
झापा
२०८१ आश्विन १७ गते , विहीबार
भद्रपुर नगरपालिकाले दियो प्रेस क्लबलाई फुटबल बुट

झापा । आजदेखि सुरु हुन गइरहेको झापा मिडिया कप फुटबल प्रतियोगिताका लागि भद्रपुर नगरपालिकाले भद्रपुर प्रेस क्लबलाई फुटबल बुट (जुत्ता) हस्तान्तरण गरेको छ । आज बिहान प्रेस क्लब भद्रपुरको कार्यालयमा नगर प्रमुख गणेश पोखरेलले टिम क्याप्टेन गोपाल गिरी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतलाई फुटबल बुट हस्तान्तरण गरेका हुन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि १८ जोर जुत्ता र मोजा प्रदान गरिएको हो । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा  हुने प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि भद्रपुर नगरपालिका वडा नं ८ कार्यालयले प्रेस क्लबलाई २० थान जर्सी उपलब्ध गराएको थियो । 

सम्बन्धित समाचार