२०८१ आश्विन १७ गते , विहीबार

चन्द्रगढी विमानस्थल अगाडि गणपति बेकरीको क्याफे सञ्चालनमा

sajilo news
झापा
२०८१ आश्विन १२ गते , शनिबार
चन्द्रगढी विमानस्थल अगाडि गणपति बेकरीको क्याफे सञ्चालनमा

भद्रपुर । भद्रपुर नगरपालिका- ८ स्थित चन्द्रगढी विमानस्थलअगाडि गणपति बेकरीले क्याफे सञ्चालनमा ल्याएको छ । बेकरीले तेस्रो शाखाको रूपमा सञ्चालनमा ल्याएको  क्याफेमा कफी, पिज्जा, केक लगायत बेकरीजन्य उत्पादन राखेको छ ।

 करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागमन गर्ने बाह्य तथा स्थानीय पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको हो । यस क्याफेले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैँ उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।
गणपति बेकरीका हेडक्वार्टर प्रमुख राजु ढकालका अनुसार गणपतिको बिर्तामोडमा मुख्य उत्पादन उद्योग छ भने काँकडभिट्टा र चन्द्रगढीमा फ्रेन्चाइचमा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्ने गरी शाखा स्वामित्व दिइएको हो । यो क्याफे भोलि विधिवत रुपमा उद्घाटन भई सञ्चालन आउने उनले बताए । 

गणपति चन्द्रगढीका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलिभरीको समेत व्यवस्था रहेको जानकारी दिए । छिट्टै सेमिनार हल, लज तथा बार पनि सञ्चालन ल्याउने उनले बताए । 

सम्बन्धित समाचार