२०८३ बैशाख २३ गते , बुधबार
एलए एफसीले जित्यो यूएस ओपन कपको उपाधि
एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ। फाइननल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो।
एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए। त्यस्तै स्पोर्टिंग केसीका लागि एक गोल एरिक थोमीले गरेका थिए। एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको हो।