२०८२ जेष्ठ ११ गते , शनिबार

फिल्म 'इमरजेन्सी' रिलिज गरेमा कंगनालाई मार्ने धम्की

sajilo news
एजेन्सी
२०८१ भाद्र ३१ गते , सोमबार
फिल्म 'इमरजेन्सी' रिलिज गरेमा कंगनालाई मार्ने धम्की

मुम्बई । अभिनेत्री कंगना रनौतलाई चलचित्र इमरजेन्सी रिलिज नगर्न धम्की आएको छ । कँग्रेस पक्षधरले आफुहरुलाई निरन्तर धम्की दिएको यी अभिनेत्री तथा निर्माताले बताएकी छिन् । उनले इन्दिरा गान्धीको प्रधानमन्त्री हुँदाको सँकटकाल (इमरजेन्सी) घटनामा उनले यो चलचित्र निर्माण गरेकी हुन् ।

आफुहरुलाई इन्दिरा गान्धीको हत्या नदेखाउनुहोस् भनेर दवाव दिईएको छ । यदि हामीले भिन्द्रेवाला र पञ्जाबको दंगा देखाउँदैनौं भने, अरु के देखाउने त ? यो धम्की हाम्रालागि अत्यन्त दुःखद पक्ष हो ।

आफ्नो चलचित्र इमर्जेन्सीको ’boutमा उनले इन्स्टाग्राम स्टोरीजमा भिडियो पोस्ट गर्दै भनेकी छिन्, ‘हाम्रो चलचित्र इमर्जेन्सीले सेन्सर सर्टिफिकेट पाएको धेरै हल्ला चलिरहेको छ तर यो सत्य होइन । हाम्रो चलचित्र निर्माण सम्पन्न भए पनि यसलाई सेन्सरले पास गरेको छैन ।’ चलचित्रको विषयलाई लिएर उनले अगाडि लेखेकी छिन्,‘ यो चलचित्र निर्माण गरेको बिषयलाई लिएर हामीलाई मार्ने धम्कीहरु धेरै आएका छन् र सेन्सरलाई पनि पनि यस्ता धेरै धम्कीहरु आइरहेका जानकारी छन् । ’

यता उनी उनी भारतीय सेन्सर बोर्डप्रति आक्रोशित छिन् । आफ्नो चलचित्र ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डले प्रदर्शनको लागि सेन्सर पास नगरेका कारण उनी आक्रोशित भएकी हुन् । बास्तविक घटनामा चलचित्र निर्माण गरेको हुनाले सेन्सर बोर्डले यो चलचित्रलाई सेन्सर पास गर्नु पर्ने उनको तर्क छ ।

अभिनेत्री कँगनाले यसै वर्ष हिमाञ्चल प्रदेशबाट भारतीय जनता पार्टीबाट चुनाव जितेर उनी साँसद बनेकी छिन् । यसपछि उनीमाथि भारतको काँग्रेस पक्षधर अझ आक्रोशित भएको छ । उनी विपक्षी भएकाले पनि यतिबेला चलचित्र इमरजेन्सीलाई लिएर काँग्रेस पक्षधरले यो चलचित्र रिलिज गर्न नदिन उनलाई धम्की र दवाव दिईरहेका छन् ।

सम्बन्धित समाचार