२०८३ बैशाख २३ गते , बुधबार

मेची रंगशालामा हुने प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

sajilo news
झापा
२०८१ भाद्र २५ गते , मंगलबार
मेची रंगशालामा हुने प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा

झापाको भद्रपुरमा हुने कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । यही भदौ २८ गतेदेखि ३० गतेसम्म भद्रपुरको मेची रङ्गशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपेश ढकालले बताए ।

प्रतियोगिताका लागि खेलाडी दर्ताको काम पनि अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ ।

अध्यक्ष ढकालका अनुसार प्रतियोगितामा नेपालका उत्कृष्ट १६ -यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् । पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टी कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिए 

सम्बन्धित समाचार