२०८३ बैशाख २३ गते , बुधबार

नेपाल स्तब्ध, बंगलादेशले जित्यो साफ च्याम्पियनसिपको उपाधि

sajilo news
एजेन्सी
२०८१ भाद्र १२ गते , बुधबार
नेपाल स्तब्ध, बंगलादेशले जित्यो साफ च्याम्पियनसिपको उपाधि

साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग स्तब्ध बनेको छ। बुधबार एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाल बंगलादेशसँग ४-१ गोलले पराजित बनेको हो।

दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको हो। फाइनल खेलको पहिलो हाफमै मिराजुलको गोलबाट बंगलादेशले अग्रता लिएको थियो।

खेलको ५५औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै अग्रता पनि डबल बनाएका थिए। ७१औं मिनेटमा बंगलादेशका लागि रवि हुसेनले गोल थपे भने इन्जुरी टाइममा बंगलादेशले थप एक गोल गरेको थियो। नेपालका लागि समिर तामाङले ८१औं मिनेटमा सान्त्वना गोल गरे। 

सम्बन्धित समाचार