२०८३ असार ४ गते , विहीबार

मकवानपुरमा भैँसीले मार्‍यो बाघ !

sajilo news
रासस
२०८१ भाद्र ६ गते , विहीबार
मकवानपुरमा भैँसीले मार्‍यो बाघ !

मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको रासस समाचारमा उल्लेख छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

'मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ', उनले भने। शव परीक्षणका राष्ट्रिय निकुञ्ज ल्याइएको सूचना अधिकारी तिवारीले जानकारी दिए। 

सम्बन्धित समाचार