२०८३ असार ४ गते , विहीबार

झापाको कमलमा आगलागी, गाईगोठ जलेर नष्ट

sajilo news
झापा
२०८१ भाद्र ६ गते , विहीबार
झापाको कमलमा आगलागी, गाईगोठ जलेर नष्ट

झापाको कमल गाउँपालिकामा आगलागी हुँदा गाईगोठ जलेर नष्ट भएको छ । आज बिहानको राति १.३० बजे कमल गाउँपालिका– २ समयगढ बस्ने देउमान राईको घरनजिकै रहेको बाँसको टाटी बेरा र टिनको छानो भएको दुई तले गाईगोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गाईगोठ र गोठमा रहेको २० मन धान जलेर पूर्ण रुपमा नष्ट हुँदा अन्दाजी डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी तोपगाछीको प्रहरी टोली, स्थानीय र कमल गाउँपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

सम्बन्धित समाचार