२०८३ बैशाख २३ गते , बुधबार

आइसीसी एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

sajilo news
काठमाडौं
२०८१ भाद्र ६ गते , विहीबार
आइसीसी एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार

नेपाल आइसीसी एकदिवसीय वरियतामा १ स्थान माथि उक्लिएको छ। वरियतामा क्यानडा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को वरियतामा नेपाल १६औँ स्थान रहेको छ। क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शतप्रतिशत नतिजा निकाल्दै नेपाललाई वरियतामा पछि पारेको थियो। तर नेदरल्यान्ड्समा भइरहेको त्रिकोणात्मक सिरिजको चारै खेलमा पराजित भएपछि क्यानडाको वरियता खस्किएको हो।

दुई स्थान खस्किएर क्यानडा १८औँ स्थानमा पुगेको छ। एसोसिएट तर्फको शीर्ष स्थानमा स्कटल्यान्ड रहेको छ। नेपालभन्दा अघि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।

ओडीआई वरियताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका छन्।टी ट्वान्टीआईतर्फ भने नेपाल १७औँ स्थानमा कायमै रहेको छ। टी ट्वान्टीआईको शीर्ष स्थानमा भारत छ।

सम्बन्धित समाचार