२०८३ असार ४ गते , विहीबार

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार मेहताको मृत्यु

sajilo news
रासस
२०८१ भाद्र ५ गते , बुधबार
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार मेहताको मृत्यु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा आज साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो ।  नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो ।

मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार