२०८३ बैशाख २४ गते , विहीबार
कुखुराको खोरमा लुकाइछिपाई राखेको कटुवा पेस्तोलसहित अर्जुनधाराका आङ्देम्बे पक्राउ
घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाइ राख्ने एक व्यक्ति झापाको अर्जुनधारामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-४ दहिझोडा बस्ने वर्ष अन्दाजी ६२ का इन्द्रबहादुर आङ्देम्बे रहेका छन् । घरमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गएराति ८ बजे उनको घरको खानतलासी लिएको थियो ।
त्यस क्रममा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको कासको छानोभित्र पहेँलो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको थियो । पेस्तोलसहित उनलाई नियन्त्रणमा लिई इलाका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।