२०८३ बैशाख २३ गते , बुधबार

बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

sajilo news
एजेन्सी
२०८१ भाद्र ४ गते , मंगलबार
बंगलादेशले श्रीलंकालाई हराएपछि नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल समूह चरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेको थियो।

श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले आफ्नो समूहको दोस्रो खेल भदौ ६ गते बंगलादेशसँग खेल्नेछ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा समूह ‘ए’मा नेपालसहित बंगलादेश र श्रीलंका रहेका छन्। समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।  

सम्बन्धित समाचार