२०८३ असार ४ गते , विहीबार

करेन्ट लागेर एक महिलाको मृत्यु

sajilo news
मोरङ
२०८१ भाद्र ४ गते , मंगलबार
करेन्ट लागेर एक महिलाको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१५ जतुवामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सरितादेवी यादव रहेकी छन् ।

हिजो अपराह्न आफ्नै घरको धारामा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएकी उनलाई उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनसाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार