२०८३ असार ४ गते , विहीबार

सवारी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षको मृत्यु

sajilo news
झापा
२०८१ भाद्र ४ गते , मंगलबार
सवारी दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षको मृत्यु

सवारी दुर्घटनामा परी गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको छ। सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको हो। 

सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाका अनुसार दुर्घटनामा गम्भीर घाइते कार्कीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा  राति दुई बजे निधन भएको हो। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष निर्वाचत भएका थिए। उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌समेत हुन्।

सम्बन्धित समाचार